चुनावपछि बंगालमा रक्तपात, बीजेपी–टीएमसी कार्यकर्ता आमनेसामने, चार जनाको ज्यान गयो
काठमाण्डौं । भारतीय जनता पार्टी पहिलोपटक बहुमतसहित सरकार गठनको तयारीमा रहेको समयमा भारतीय राज्य पश्चिम बंगालमा राजनीतिक तनाव हिंसामा परिणत भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार मंगलबार राति कोलकाता को नयाँ बजार क्षेत्रमा एउटा समूहले तृणमूल कंग्रेस को पार्टी कार्यालयमा बुलडोजर चलाएको छ।

