त्रिशूली थ्री–ए को टनेलबाट ६ शव निकालियो, भित्र थप शव रहेको आशंका
काठमाण्डौ । माथिल्लो त्रिशूली थ्री–ए जलविद्युत आयोजनाको टनेलबाट ६ वटा शव निकालिएको छ।सैनिक मुख्यालय जंगी अड्डाका अनुसार टनेलभित्र ढलानका लागि तयार गरिएको डण्डीको जालीमा अल्झिएको अवस्थामा ती शव फेला परेका हुन्।टनेलभित्र सुरक्षाकर्मीसँगै आयोजनाका प्रतिनिधिहरू परिचालित भएर खोज तथा उद्धारको काम गरिरहेका छन्।

