काठमाण्डौ । माथिल्लो त्रिशूली थ्री–ए जलविद्युत आयोजनाको टनेलबाट ६ वटा शव निकालिएको छ।
सैनिक मुख्यालय जंगी अड्डाका अनुसार टनेलभित्र ढलानका लागि तयार गरिएको डण्डीको जालीमा अल्झिएको अवस्थामा ती शव फेला परेका हुन्।
टनेलभित्र सुरक्षाकर्मीसँगै आयोजनाका प्रतिनिधिहरू परिचालित भएर खोज तथा उद्धारको काम गरिरहेका छन्।
जंगी अड्डाका अनुसार टनेलको भित्री भागमा अझै अन्य शवजस्तो आकृति देखिएको छ। त्यस क्षेत्रमा पुगेर थप खोजी तथा उद्धारको प्रयास जारी रहेको बताइएको छ।
टनेलभित्रको अवस्था जटिल रहेकाले सुरक्षाकर्मी र प्राविधिक टोलीले सावधानीपूर्वक काम अघि बढाइरहेका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।