थाइल्यान्डको प्रमुख तेल प्रशोधन केन्द्रमा शक्तिशाली विस्फोट, आसपासका बासिन्दालाई सुरक्षित रहन चेतावनी
काठमाण्डौ। थाइल्यान्डको राजधानी बैंककस्थित प्रमुख तेल प्रशोधन केन्द्रमा शक्तिशाली विस्फोट भएको छ। बिहीबार दिउँसो भएको विस्फोटपछि आगलागी हुँदा आसपासका बासिन्दालाई सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ।स्थानीय समयअनुसार दिउँसो करिब ३ बजे विस्फोट भएको हो। घटनालगत्तै बैंकक प्रशासनले मोबाइल फोनमार्फत आपत्कालीन सतर्कता सूचना पठाउँदै सर्वसाधारणलाई घटनास्थल आसपास नजान र...

