चित्लाङ यात्रा गर्नेहरूलाई सास्ती, सडक १४ दिन पूर्ण बन्द
काठमाण्डौं । थानकोट–चन्द्रागिरि–चित्लाङ सडकखण्ड दुई साताका लागि बन्द हुने भएपछि काठमाडौं–चित्लाङ यात्रा प्रभावित हुने भएको छ । सडक डिभिजन कार्यालय काठमाडौंले सडक स्तरोन्नति र पुनर्निर्माण कार्यलाई तीव्र बनाउन जेठ १७ देखि ३० गतेसम्म पानीघट्ट–चित्लाङ बजार खण्ड पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको हो ।

