मंगलवार, श्रावण १९,२०८३ 10:33:01
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 10:33:01
Bizshala
Global IME Bank Limited

चित्लाङ यात्रा गर्नेहरूलाई सास्ती, सडक १४ दिन पूर्ण बन्द

चित्लाङ यात्रा गर्नेहरूलाई सास्ती, सडक १४ दिन पूर्ण बन्द
New Office

काठमाण्डौं । थानकोट–चन्द्रागिरि–चित्लाङ सडकखण्ड दुई साताका लागि बन्द हुने भएपछि काठमाडौं–चित्लाङ यात्रा प्रभावित हुने भएको छ ।  

सडक डिभिजन कार्यालय काठमाडौंले सडक स्तरोन्नति र पुनर्निर्माण कार्यलाई तीव्र बनाउन जेठ १७ देखि ३० गतेसम्म पानीघट्ट–चित्लाङ बजार खण्ड पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको हो ।

कार्यालयका अनुसार उक्त सडकखण्डमा अहिले सडक कटिङ, ढलान, निर्माण सामग्री ढुवानी तथा संरचना सुधारका काम भइरहेका छन् ।  

साँघुरा घुम्ती, जोखिमयुक्त भौगोलिक बनावट र निर्माणस्थलमै सवारी सञ्चालन भइरहँदा दुर्घटनाको जोखिम बढेको तथा निर्माण कार्य प्रभावित भएको जनाइएको छ ।

सडक डिभिजन कार्यालयले निर्माणको गुणस्तर र समयसीमा दुवै जोगाउन केही समयका लागि पूर्ण रूपमा सवारी आवागमन रोक्नुपरेको स्पष्ट पारेको छ ।  

कार्यालयका अनुसार काम भइरहेकै स्थानबाट सवारी सञ्चालन गर्दा यात्रु सुरक्षामा समेत जोखिम बढेको थियो ।

सडक बन्द भएसँगै चित्लाङ हुँदै हेटौँडा आवतजावत गर्ने सवारी, पर्यटक तथा स्थानीय बासिन्दा प्रभावित हुने भएका छन् ।

पछिल्लो समय चित्लाङ आन्तरिक पर्यटनको लोकप्रिय गन्तव्य बन्दै गएकाले होटल व्यवसाय र स्थानीय व्यापारमा समेत असर पर्ने अनुमान गरिएको छ ।

चन्द्रागिरी नगरपालिका र थाहा नगरपालिका सँग समन्वय गरेर वैकल्पिक मार्गबारे सूचना प्रवाह तथा यात्रु सहजीकरणको तयारी गरिएको जनाइएको छ ।

यात्रु तथा सवारी चालकलाई वैकल्पिक सडक प्रयोग गर्न प्रशासनले आग्रह गरेको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.