‘नो पार्किङ’ निर्णयले दमौली बजार तनावग्रस्त, व्यवसायी सडकमा, बजार ठप्प
काठमाण्डौं । दमौली बजार क्षेत्रमा लागू गरिएको नयाँ ‘नो पार्किङ’ नीतिविरुद्ध स्थानीय व्यवसायीहरू आक्रोशित बनेका छन् । व्यास नगरपालिकाले सफा सडक क्षेत्रमा सवारी पार्किङ पूर्ण रूपमा निषेध गरेपछि व्यवसायीहरूले पसल बन्द गर्दै आन्दोलन शुरु गरेका हुन् ।

