मंगलवार, श्रावण १९,२०८३ 10:30:06
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 10:30:06
Bizshala
Global IME Bank Limited

‘नो पार्किङ’ निर्णयले दमौली बजार तनावग्रस्त, व्यवसायी सडकमा, बजार ठप्प

‘नो पार्किङ’ निर्णयले दमौली बजार तनावग्रस्त, व्यवसायी सडकमा, बजार ठप्प
New Office

काठमाण्डौं । दमौली बजार क्षेत्रमा लागू गरिएको नयाँ ‘नो पार्किङ’ नीतिविरुद्ध स्थानीय व्यवसायीहरू आक्रोशित बनेका छन् ।  

व्यास नगरपालिकाले सफा सडक क्षेत्रमा सवारी पार्किङ पूर्ण रूपमा निषेध गरेपछि व्यवसायीहरूले पसल बन्द गर्दै आन्दोलन शुरु गरेका हुन् ।

नगरपालिकाले शहरको ट्राफिक व्यवस्थापन सुधार गर्ने, सडक अतिक्रमण नियन्त्रण गर्ने तथा बजार क्षेत्रलाई व्यवस्थित र सुन्दर बनाउने उद्देश्यले नयाँ व्यवस्था लागू गरेको जनाएको छ ।

सोहीअन्तर्गत केही सडकखण्डमा एकतर्फी सवारी सञ्चालनको नियम पनि कार्यान्वयनमा ल्याइएको छ ।

तर, व्यवसायीहरूले भने पर्याप्त पूर्वतयारी र वैकल्पिक पार्किङ व्यवस्थाबिनै नगरपालिकाले निर्णय लागू गर्दा व्यापार व्यवसाय संकटमा परेको बताएका छन् ।  

उनीहरूका अनुसार बजार क्षेत्रमा आउने ग्राहकले सवारी राख्ने स्थान नपाउँदा किनमेल नै घट्न थालेको छ ।

आन्दोलनरत व्यवसायीहरूले “व्यवस्थित पार्किङको विकल्प नदिई गरिएको निषेधात्मक निर्णयले साना व्यवसाय धराशायी हुने खतरा बढेको” बताएका छन् ।  

उनीहरूले तत्काल नगरपालिकासँग संवाद गरी निर्णय पुनरावलोकन गर्न माग गरेका छन् ।

स्थानीय व्यापारीहरूको भनाइमा ट्राफिक व्यवस्थापन आवश्यक भएपनि त्यसको भार व्यवसायीमाथि मात्रै थोपर्न नहुने तर्क छ ।

“शहर व्यवस्थापनको नाममा व्यापार नै बन्द हुने अवस्था आउनु हुँदैन,” एक व्यवसायीले बताएका छन् ।

यता नगरपालिकाले भने दीर्घकालीन रूपमा व्यवस्थित बजार निर्माण गर्न कडा कदम आवश्यक भएको जनाएको छ ।  

नगरपालिकाका अधिकारीहरूले व्यवसायीहरूसँग छलफल गरेर व्यावहारिक समाधान खोजिने बताएका छन् ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.