दसैँका लागि गाउँ फर्किनेको चाप, नौ दिनमा दुई लाखभन्दा बढी यात्रु बाहिरिए
काठमाडौँ । बडादसैँ नजिकिएसँगै काठमाडौँको नयाँबसपार्कबाट घर फर्किने यात्रुको चाप बढेको छ। अध्ययन, रोजगारी तथा व्यवसायका लागि राजधानीमा बस्दै आएका मानिसहरू दसैँ मनाउन गाउँ फर्किन थालेका हुन्।

