१० महिनामै ३५ अर्बको धानचामल आयात, कृषिप्रधान देशमै खाद्य निर्भरता बढ्दो
काठमाण्डौं । नेपालमा धान उत्पादनको चर्चा भइरहे पनि बजार भने अझै विदेशी धान र चामलमै निर्भर देखिएको छ । चालू आर्थिक वर्ष २०८२र८३ को पहिलो १० महिनामै नेपालले ३५ अर्ब रुपैयाँभन्दा बढीको धान र चामल विदेशबाट आयात गरेको तथ्यांक सार्वजनिक भएको छ ।

