मंगलवार, श्रावण १९,२०८३ 10:31:07
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 10:31:07
Bizshala
Global IME Bank Limited

१० महिनामै ३५ अर्बको धानचामल आयात, कृषिप्रधान देशमै खाद्य निर्भरता बढ्दो

१० महिनामै ३५ अर्बको धानचामल आयात, कृषिप्रधान देशमै खाद्य निर्भरता बढ्दो
New Office

काठमाण्डौं । नेपालमा धान उत्पादनको चर्चा भइरहे पनि बजार भने अझै विदेशी धान र चामलमै निर्भर देखिएको छ ।  

 

चालू आर्थिक वर्ष २०८२र८३ को पहिलो १० महिनामै नेपालले ३५ अर्ब रुपैयाँभन्दा बढीको धान र चामल विदेशबाट आयात गरेको तथ्यांक सार्वजनिक भएको छ ।

भन्सार विभाग को वैदेशिक व्यापार तथ्यांकअनुसार साउनदेखि वैशाखसम्म मात्रै नेपालले १७ अर्बभन्दा बढीको धान आयात गरेको छ भने चामल आयातमा थप १७ अर्ब ६५ करोड रुपैयाँ खर्चिएको छ ।  

कुल खाद्यान्न आयातको आधाभन्दा बढी हिस्सा धान र चामलमै गएको देखिएको हो ।

तथ्यांकअनुसार यस अवधिमा १६ अर्ब ७४ करोड रुपैयाँ बराबरको करिब ४ लाख ९५ हजार मेट्रिक टन धान आयात गरिएको छ ।  

साथै धानको बीउ खरिदमै १ अर्ब रुपैयाँभन्दा बढी रकम विदेशिएको छ । यद्यपि अघिल्लो वर्षको तुलनामा धान आयात केही घटेको देखिन्छ ।

चामलतर्फ भने आयात झन् बढेको छ । नेपाली उपभोक्ताले १० महिनामै ७ अर्ब ३३ करोड रुपैयाँभन्दा बढीको बासमती चामल उपभोग गरेका छन् ।  

अन्य जातका चामल आयातमा मात्रै झण्डै १० अर्ब रुपैयाँ खर्चिएको छ ।

नेपालले भारत, भियतनाम, थाइल्यान्ड, इन्डोनेसिया, सिंगापुर तथा मेक्सिकोबाट धान र चामल आयात गर्दै आएको छ ।  

कृषिप्रधान देश भनिए पनि खाद्यान्नमा बढ्दो आयात निर्भरताले नेपालको कृषि उत्पादन क्षमता र खाद्य सुरक्षामाथि प्रश्न उठाएको विश्लेषण भइरहेको छ ।

धानचामलसँगै मकै, गहुँ र कोदो आयातमा पनि ठूलो रकम बाहिरिएको छ ।

पछिल्लो १० महिनामा मात्रै १० अर्ब ४१ करोड रुपैयाँको मकै, ३ अर्ब ५२ करोड रुपैयाँको गहुँ तथा ५१ करोड रुपैयाँभन्दा बढीको कोदो आयात भएको छ ।

कृषि विज्ञहरूका अनुसार खेतीयोग्य जमिन घट्दै जानु, उत्पादन लागत बढ्नु, किसान पलायन र कृषि नीतिको कमजोर कार्यान्वयनका कारण नेपाल खाद्यान्नमै आत्मनिर्भर बन्न नसकेको अवस्था देखिएको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.