आज कुकुर तिहार र लक्ष्मीपूजा मनाइँदै
काठमाण्डो । तिहारको दोस्रो दिन आज कुकुर पूजा र लक्ष्मी पूजा एकै दिन परेको छ । आज कुकुरलाई मीठा–मीठा परिकार खान दिएर कुकुर तिहार मनाईदैछ । यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको मान्यता रहेको छ । कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रूपमा लिइन्छ ।