बुधबार, असार १७,२०८३ 02:29:21
Bizshala
  • बुधबार, असार १७,२०८३ 02:29:21
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

आज तिहारको मुख्य दिन भाइटीका मनाइँदै, उत्तम साइत कति बजे ?

Laxmi Sunrise Bank Limited
आज तिहारको मुख्य दिन भाइटीका मनाइँदै, उत्तम साइत कति बजे ?

काठमाण्डौ। नेपालीहरुको दोस्रो मुख्य चाड तिहारको मुख्य दिन आज बिहिबार दाजुभाइ तथा दिदीबहिनीले एकअर्कालाई टीका लगाइदिएर भाइटीका पर्व मनाइँदै छ ।

यस दिन दाजुभाइ–दिदीबहिनीहरुले एकअर्कालाई टीका लगाइदिएर येश, ऐश्वर्य, दीर्घायु र समृद्धिको कामना गर्दछन् ।टीका लगाइदिइसकेपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवं सेलरोटीलगायतका खानेकुरा दिन्छन् । दाजुभाइले पनि दिदीबहिनीलाई  आफ्नो क्षमताअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने परम्परा छ ।

New Office
CG Motors
Garima Development Bank

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार भाइटीकाको उत्तम साइत बिहान १० बजेर ३९ मिनेटमा रहेको छ ।

राज्य सञ्चालकले साइतमै टीका लगाउनु पर्ने र सर्वसाधारणले भने दिनभरी नै टीका लगाउन सक्ने समितिले जनाएको छ ।

भाइटीकाको दिनलाई नेवार समुदायले किजापूजाका रुपमा मनाउँछन् ।

यसैगरी, दिदीबहिनी एवं दाजुभाइ नहुनेका लागि काठमाण्डौको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर खुला गरिने भएको छ ।  

दिदीबहिनी नहुनेका लागि आजैका दिन उक्त मन्दिर खुलाइने प्रचलन छ ।  बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ । दिदीबहिनी एवं दाजुभाइ नहुनेहरुले भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.