पोखराको बञ्जीजम्पमा भारतीय पर्यटकको आकर्षण बढ्दो, एक महिनामै ३७ लाखभन्दा बढी आम्दानी
काठमाण्डौ । पर्यटकीय सहर पोखरामा साहसिक खेल बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण बढ्दै गएको छ। पोखरा महानगरपालिका–१७ रातोपैह्रामा बञ्जी नेपालले सञ्चालन गरेको बञ्जीजम्पमा सहभागी हुनेमध्ये ठूलो हिस्सा भारतीय पर्यटकको रहेको पाइएको छ।कम्पनीका अनुसार गत जेठ महिनामा करिब ५०० जनाले बञ्जीजम्प गरेका थिए। तीमध्ये झन्डै ५० प्रतिशत भारतीय पर्यटक रहेको बञ्जी नेपाल एडभेन्चर्स...

