‘नेप्सेको प्रविधि फेरि फेलः ७२ ब्रोकरको सर्भरमा समस्या, सेयर कारोबार नै स्थगित’
काठमाडौं। नेपालको पूँजीबजारको प्रविधिगत पूर्वाधार फेरि एकपटक गम्भीर समस्यामा परेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत धितोपत्रको नियमित कारोबार सोमबार पूर्णरूपमा स्थगित भएको छ। ७२ वटा ब्रोकर कम्पनीका सर्भर राखिएको डाटा सेन्टरमै प्राविधिक समस्या आएपछि नेप्सेले आज(असोज ५ गते)को नियमित कारोबार सत्र स्थगित गर्नुपरेको हो।नेपालको सेयर बजार पूर्णतः विद्युतीय...

