उड्डयन प्राधिकरणले दुई हेलिकप्टर कम्पनीको अनमुतिपत्र निलम्बन गर्दै
काठमाण्डौ। नागरिक उड्डयन प्राधिकरणले दुई वटा हेलिकप्टर कम्पनीको अनमुतिपत्र (एओसी) निलम्बन गर्ने भएको छ। सुरक्षा व्यवस्थापन प्रणाली परिपालना दर (सेफ्टी म्यानेजमेन्ट सिस्टम) अति कम भएका कारण प्राधिकरणले दुईवटै कम्पनीलाई उडानमा प्रतिबन्ध लगाउने र एओसी निलम्बन गर्ने भएको हो।