काठमाण्डौ। नागरिक उड्डयन प्राधिकरणले दुई वटा हेलिकप्टर कम्पनीको अनमुतिपत्र (एओसी) निलम्बन गर्ने भएको छ। सुरक्षा व्यवस्थापन प्रणाली परिपालना दर (सेफ्टी म्यानेजमेन्ट सिस्टम) अति कम भएका कारण प्राधिकरणले दुईवटै कम्पनीलाई उडानमा प्रतिबन्ध लगाउने र एओसी निलम्बन गर्ने भएको हो।
प्राधिकरणले गत मंगलबार वायुसेवा कम्पनीहरूको सेफ्टी म्यानेजमेन्ट सिस्टम कार्यान्वयनमा ६० प्रतिशतभन्दा कम देखिएमा सम्बन्धित एयरलाइन्सको उडानमा रोक लगाउने निर्णय गरेको थियो।
सोही निर्णय बमोजिम दुई हेलिकप्टर कम्पनीको अडिट ६० प्रतिशतभन्दा कम देखिएकाले तत्कालका लागि उडानमा रोक लगाउँदै स्पष्टीकरण मागेको हो।