अपर म्याग्दी–१ को बाँध निर्माण सुरु
काठमाण्डौ । धवलागिरी गाउँपालिका–४ खाम्लामा ५३.५ मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत् आयोजनाको बाँध निर्माण सुरु गरिएको छ । म्याग्दी हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको आयोजनाले म्याग्दी नदीको पानीलाई सुरुङमा छिराउनका लागि १५ मिटर अग्लो र ४० मिटर लामो बाँध निर्माण थालेको हो । गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बाँधको ढलान गर्ने कार्यको शुभारम्भ गरेका हुन्...