अपर म्याग्दी–१ को २.५ किलोमिटर सुरुङ ‘ब्रेक थ्रु’, आयोजनाको भौतिक प्रगति ५६%
काठमाण्डौ । ५३.५ मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत् आयोजना अन्तर्गत अडिटदेखि बाँधतर्फ निर्माण भइरहेको सुरुङ ‘ब्रेक थ्रु’ भएको छ। म्याग्दी हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको आयोजनाको धवलागिरि गाउँपालिका–४ छहरीस्थित अडिटदेखि मालिका गाउँपालिका–७ भारवाङमा निर्माणाधीन विद्युत्गृह जोड्ने सुरुङ बुधबार छेडिएको हो।छहरीको अडिटदेखि धवलागिरि गाउँपालिका–४...

