Bizshala
  • बिहीबार, भाद्र २५,२०८३ 09:25:50
Bizshala
Global IME Bank Limited

अपर म्याग्दी–१ को २.५ किलोमिटर सुरुङ ‘ब्रेक थ्रु’, आयोजनाको भौतिक प्रगति ५६%

अपर म्याग्दी–१ को २.५ किलोमिटर सुरुङ ‘ब्रेक थ्रु’, आयोजनाको भौतिक प्रगति ५६%
New Office

काठमाण्डौ । ५३.५ मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत् आयोजना अन्तर्गत अडिटदेखि बाँधतर्फ निर्माण भइरहेको सुरुङ ‘ब्रेक थ्रु’ भएको छ। म्याग्दी हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको आयोजनाको धवलागिरि गाउँपालिका–४ छहरीस्थित अडिटदेखि मालिका गाउँपालिका–७ भारवाङमा निर्माणाधीन विद्युत्गृह जोड्ने सुरुङ बुधबार छेडिएको हो।

छहरीको अडिटदेखि धवलागिरि गाउँपालिका–४ खाम्लास्थित बाँधतर्फ जोड्ने २ हजार ५०६.३९ मिटर सुरुङ ब्रेक थ्रु भएको हो।

खाम्लास्थित बाँधतर्फ निर्माण हुने कुल ३ हजार २८३.३२ मिटर सुरुङमध्ये हालसम्म १ हजार ९७३ मिटर निर्माण सम्पन्न भएको छ। बाँकी सुरुङ निर्माण पनि केही महिनाभित्र सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको छ।

आयोजनाको समग्र भौतिक प्रगति हालसम्म ५६ प्रतिशत पुगेको छ। आयोजनाको सिभिल निर्माणको ठेक्का लिएको लुना बिल्डर्स एण्ड कन्ट्रयाक्टर २०८० चैत १९ गते सम्झौता गरी २०८१ वैशाख २८ गते कार्यक्षेत्रमा परिचालित भएको थियो। उक्त कम्पनीले २०८१ भदौदेखि मुख्य सुरुङ निर्माणको काम सुरु गरेको थियो।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

हाल आयोजनामा बाँध, सुरुङ र विद्युत्गृह निर्माणसँगै हाइड्रो तथा इलेक्ट्रोमेकानिकलतर्फका कामलाई समेत तीव्रता दिइएको छ। यद्यपि, बर्खायाममा आयोजना निर्माण क्षेत्रमा पर्ने बेनी–दरबाङ सडकको फापरखेत पहिरो, दुखुखोला सडक पुलमा देखिएको जोखिम तथा शिवरात्रिखोला सडक पुल निर्माणमा भएको ढिलाइले आयोजनाको निर्माण कार्यमा असर परेको जनाइएको छ।

अपर म्याग्दी–१ जलविद्युत् आयोजना निर्माणका लागि ११ अर्ब २३ करोड २७ लाख ६ हजार रुपैयाँ लगानी हुने अनुमान गरिएको छ। आयोजनामा सानिमा बैंकको नेतृत्वमा छ वटा बैंकबाट ऋण तथा प्रवर्द्धक कम्पनी र सर्वसाधारणको सेयरमार्फत लगानी जुटाइनेछ।

आयोजनाको विद्युतगृह मालिका गाउँपालिका–७ भारवाङमा निर्माण भइरहेको छ। भारवाङदेखि करिब १.५ किलोमिटर लामो १३२ केभी प्रसारण लाइन निर्माण गरी नेपाल विद्युत् प्राधिकरणले मालिका–७ डाँडाखेतमा निर्माण गरिरहेको १३२ केभी सबस्टेसनमार्फत आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ।

आयोजनाबाट वार्षिक औसत ३१५.०१ गिगावाट घण्टा विद्युत् उत्पादन हुने अनुमान गरिएको छ।

रन अफ द रिभर प्रकृतिको यस आयोजनामा आउटलेटदेखि विद्युत्गृहसम्मको उचाइ अन्तर अर्थात् हेड १९६ मिटर रहेको छ। आउटलेटबाट विद्युत्गृहसम्म पानी पुर्‍याउन ६९२ मिटर लामो पेनस्टक पाइप जडान गरिनेछ।

आयोजनाको परामर्शदाता ऊर्जा इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सोलुसन प्रालि रहेको छ। मेकानिकल तथा इलेक्ट्रोमेकानिकल कामका लागि ठेकेदार छनोट प्रक्रिया अघि बढाइएको आयोजनाले जनाएको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.