चिनी १२० रुपैयाँ पुग्यो, उपभोक्ता मारमा पर्दा संसदीय समिति नै गायब
काठमाण्डौ । बजारमा चिनीको मूल्य अस्वाभाविक रूपमा बढेर प्रतिकिलो १२० रुपैयाँसम्म पुगेका बेला यसको सहज आपूर्ति र मूल्य नियन्त्रणबारे छलफल गर्न बोलाइएको संसदीय समितिको बैठक नै स्थगित भएको छ।प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सोमबार बिहान १० बजे चिनीको आपूर्ति अवस्था र बजार मूल्यबारे छलफल गर्न बैठक बोलाएको थियो। तर समिति सचिवालयले...

