ग्यास संकट समाधान गर्न आयात ६० प्रतिशत बढाइँदै, भोलिदेखि दैनिक १६० बुलेट भित्रिने
काठमाण्डौ । देशभर चर्किएको खाना पकाउने एलपी ग्यासको अभाव नियन्त्रण गर्न सरकारले आयात ह्वात्तै बढाउने भएको छ। भोलिदेखि भारतबाट दैनिक १६० बुलेटसम्म ग्यास आयात गर्ने तयारी गरिएको हो।उद्योगमन्त्री दीपक साहका अनुसार बजारमा देखिएको ग्यास संकट समाधान गर्न नेपालले भारतसँग आयात परिमाण बढाइदिन आग्रह गरेको थियो। त्यसमा भारतीय पक्ष सहमत भएपछि दैनिक आयात १६० बुलेटसम्म पुर्याउन...

