विपद् व्यवस्थापनलाई प्राथमिकता दिँदै ऊर्जामन्त्री श्रेष्ठले रद्द गरे दक्षिण कोरिया भ्रमण
काठमाण्डौ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले पूर्वनिर्धारित दक्षिण कोरिया भ्रमण रद्द गरेका छन्।भोटेकोशी–त्रिशूली नदी प्रणालीमा आएको विनाशकारी बाढीपछि ऊर्जा क्षेत्रमा ठूलो क्षति पुगेको र खोज, उद्धार तथा पुनःस्थापनाका कामलाई तीव्र बनाउनुपर्ने अवस्था रहेकाले मन्त्री श्रेष्ठले भ्रमण रद्द गरेको मन्त्रालयले जनाएको छ।पछिल्लो विपद्बाट जलविद्युत्...

