रसुवामा बाढीको विध्वंस: सेनाका दुई हेलिकप्टर प्रभावित क्षेत्रमा, सबै कम्पनीलाई तयारी अवस्थामा रहन निर्देशन
काठमाण्डौ । भोटेकोसीमा आएको भीषण बाढीले रसुवाका विभिन्न क्षेत्रमा ठूलो भौतिक क्षति पुर्याएपछि नेपाली सेनाका दुईवटा हेलिकप्टर उद्धार तथा राहतका लागि प्रभावित क्षेत्रतर्फ पठाइएको छ।बुधबार बिहान आएको बाढीले स्याफ्रुबेँसी, टिमुरे तथा रसुवागढी आसपासका क्षेत्रमा व्यापक क्षति पुर्याएपछि सरकारले हवाई उद्धारको तयारी तीव्र बनाएको हो। सम्भावित थप उद्धार आवश्यकतालाई...

