मंगलवार, आश्विन २७,२०८३ 07:27:11
Bizshala
  • मंगलवार, आश्विन २७,२०८३ 07:27:11
Bizshala
Global IME Bank Limited

रसुवामा बाढीको विध्वंस: सेनाका दुई हेलिकप्टर प्रभावित क्षेत्रमा, सबै कम्पनीलाई तयारी अवस्थामा रहन निर्देशन

टिमुरे र आसपासका बजार तहसनहस, रसुवा भन्सार क्षेत्रका गाडी र सामग्री बगे; नवनिर्मित पुलसमेत बाढीले बगायो

Bizshala
रसुवामा बाढीको विध्वंस: सेनाका दुई हेलिकप्टर प्रभावित क्षेत्रमा, सबै कम्पनीलाई तयारी अवस्थामा रहन निर्देशन
New Office

 

 

काठमाण्डौ । भोटेकोसीमा आएको भीषण बाढीले रसुवाका विभिन्न क्षेत्रमा ठूलो भौतिक क्षति पुर्‍याएपछि नेपाली सेनाका दुईवटा हेलिकप्टर उद्धार तथा राहतका लागि प्रभावित क्षेत्रतर्फ पठाइएको छ।

बुधबार बिहान आएको बाढीले स्याफ्रुबेँसी, टिमुरे तथा रसुवागढी आसपासका क्षेत्रमा व्यापक क्षति पुर्‍याएपछि सरकारले हवाई उद्धारको तयारी तीव्र बनाएको हो। सम्भावित थप उद्धार आवश्यकतालाई मध्यनजर गर्दै सरकारले सबै हेलिकप्टर कम्पनीलाई समेत तयारी अवस्थामा रहन निर्देशन दिएको छ।

सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाका अनुसार बाढीका कारण रसुवामा ठूलो क्षति पुगेको छ। सरकारले सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय, स्थानीय तह, विपद् व्यवस्थापनसम्बन्धी निकाय तथा अन्य सरोकारवाला निकायलाई उच्च सतर्कतामा रहन निर्देशन दिएको छ।

सरकारले प्रभावित क्षेत्रमा आवश्यक उद्धार तथा राहतका लागि तयारी अवस्थामा रहन र परिस्थितिअनुसार तत्काल आवश्यक कदम चाल्नसमेत सम्बन्धित निकायलाई भनेको छ।

रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव प्रसाद अधिकारीका अनुसार लेन्दे खोला अर्थात् भोटेकोसीमा आएको बाढीले रसुवा नाका क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ।

उनका अनुसार टिमुरेसहित दुईवटा बजार क्षेत्र बाढीबाट तहसनहस भएका छन्। रसुवा भन्सार क्षेत्रमा रहेका ठूलो संख्याका सवारीसाधन तथा अन्य सामग्रीसमेत बाढीले बगाएको प्रारम्भिक जानकारी आएको छ।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

‘दुईवटा बजार तहसनहस भएको छ। टिमुरे र सँगैको अर्को बजारमा ठूलो क्षति पुगेको छ,’ अधिकारीले बताएका छन्, ‘रसुवा भन्सार क्षेत्रमा ठूलो संख्यामा गाडी र अन्य सामग्री थिए, ती पनि बगेका छन्।’

बाढीले बजार क्षेत्रसँगै भन्सार परिसरमा समेत व्यापक क्षति पुर्‍याएको जनाइएको छ।

गत वर्ष आएको बाढीले पुल बगाएपछि पुनर्निर्माण गरी हालै सञ्चालनको तयारीमा रहेको नयाँ पुलसमेत यसपटकको बाढीले बगाएको छ।

बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको छ। प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि सुरक्षा निकाय परिचालन गरिएको छ।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X