बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा सहयोगको लहर, स्थानीय तहदेखि विद्यालयसम्मले जुटाए रकम
काठमाण्डौ । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा देशका विभिन्न क्षेत्रबाट आर्थिक सहयोग जुट्ने क्रम तीव्र बनेको छ।स्थानीय तह, स्वास्थ्य संस्था, निजी व्यावसायिक समूह, विद्यालय तथा तिनमा कार्यरत कर्मचारीसम्मले आफ्नो पारिश्रमिक र संस्थागत कोषबाट रकम छुट्याउँदै बाढीपीडितका लागि सहयोग गरिरहेका...

