विराटनगर दुग्ध वितरण आयोजनामा दही–घ्यूको मागले आम्दानी बढायो, किसानको ९ करोड भुक्तानी भने अझै रोकियो
काठमाण्डौं । दुग्ध विकास संस्थान (डीडीसी) अन्तर्गतको विराटनगर दुग्ध वितरण आयोजनामा पछिल्लो समय दुग्धजन्य उत्पादनको बिक्री बढेपनि किसानले भने लामो समयदेखि भुक्तानी नपाएको गुनासो गरेका छन्। गर्मी मौसम शुरु भएसँगै दही, आइसक्रिमलगायत उत्पादनको माग बढ्दा दैनिक बिक्री करिब ६ लाख रुपैयाँसम्म पुगेको आयोजनाले जनाएको छ।

