वीरगन्ज भन्सार द्वारा कार्तिकमा लक्ष्यभन्दा १५ करोड बढी राजस्व संकलन
काठमाण्डौ । वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको कात्तिकमा १७ अर्ब ७९ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। उक्त महिनाका लागि तोकिएको १७ अर्ब ६४ करोड रुपैयाँको लक्ष्यभन्दा यो १५ करोड रुपैयाँ बढी हो।प्रमुख भन्सार प्रशासक कृष्णप्रसाद मैनालीका अनुसार कार्यालयले भदौदेखि लगातार मासिक लक्ष्यभन्दा बढी राजस्व उठाउँदै आएको छ। भदौ र असोजपछि कात्तिकमा पनि लक्ष्य नाघेसँगै...

