६५७ अर्ब रुपैयाँ वित्तीय घाटा, आन्तरिक ऋणमा सरकारको उच्च निर्भरता
काठमाण्डौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि राजस्व संकलनको महत्वाकांक्षी लक्ष्य सार्वजनिक गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको बजेटअनुसार सरकारले १४ खर्ब ५ अर्ब ३१ करोड रुपैयाँ राजस्वबाट संकलन गर्ने अनुमान गरिएको छ ।

