ग्यास अभावविरुद्ध सिलिन्डर बोकेर सिंहदरबार घेर्न पुगे विद्यार्थी
काठमाण्डौ । लामो समयदेखि खाना पकाउने एलपी ग्यासको अभाव चर्किँदै गएपछि विद्यार्थीहरू सिलिन्डर बोकेरै सिंहदरबार घेराउ गर्न पुगेका छन्।ग्यास सहज रूपमा नपाउँदा सर्वसाधारणको दैनिकी प्रभावित भइरहेको र होटल तथा रेस्टुरेन्टसमेत सञ्चालनमा समस्या देखिन थालेको भन्दै नेकपानिकट अखिल क्रान्तिकारीले बुधबार सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन गरेको हो।प्रदर्शनमा सहभागी...

