सर्वोच्च अदालतबाट विद्यार्थी संगठन खारेज नगर्न अल्पकालीन आदेश
काठमाण्डौं । विश्वविद्यालयमा क्रियाशील विद्यार्थी संगठनहरू खारेज गर्ने सरकारी निर्णयविरुद्ध सर्वोच्च अदालतले तत्काल कार्यान्वयन नगर्न अल्पकालीन आदेश जारी गरेको छ।वर्तमान सरकारले विश्वविद्यालयहरूमा सक्रिय विभिन्न विद्यार्थी संगठनहरू खारेज गर्ने निर्णय गरेपछि उक्त निर्णयविरुद्ध आठ विद्यार्थी संगठनहरूले संयुक्त रूपमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

