बाढीको अवरोधबीच असोजमै झण्डै ६ अर्बको बिजुली निर्यात
काठमाण्डौ । बाढीले केही जलविद्युत आयोजनाको उत्पादन रोकिँदा पनि नेपालको विद्युत निर्यात कारोबार बढेको छ। नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को असोजमा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँको विद्युत निर्यात गरेको छ। यो रकम गत वर्षको सोही महिनाको तुलनामा करिब १९.३८ प्रतिशत बढी हो।प्राधिकरणको विद्युत प्रणाली सञ्चालन विभागअन्तर्गतको भार प्रेषण केन्द्रका...

