भन्सार एजेन्ट महासंघले फिर्ता लियो पेन डाउन कार्यक्रम, माग पुरा गर्ने विभागको आश्वासन
काठमाण्डौ । भन्सार एजेन्ट महासंघ नेपालले पेन डाउन कार्यक्रम फिर्ता लिएको छ । महासंघले गत मंसिर २३ गतेदेखि देशभरका भन्सार कार्यालयहरुमा सुरु गरेको पेन डाउन लगायतका विरोध कार्यक्रम स्थगन गर्ने निर्णय गरेको हो ।विरोध कार्यक्रमप्रति भन्सार विभाग र महासंघबीच छलफल भई सकारात्मक रुपमा महासंघका माग सम्बोधन भएकोले पेन डाउन कार्यक्रम फिर्ता लिइएको महासंघले जनाएको छ ।

