पश्चिमी प्रणाली सक्रिय, शनिबार पनि वर्षा र हिमपातको सम्भावना
काठमाण्डौं । नेपालमा अहिले उपल्लो वायुमण्डलीय पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल आसपास फैलिएको न्यूनचापीय रेखाको संयुक्त प्रभाव कायम रहेको छ । यस मौसमी अवस्थाका कारण देशका विभिन्न भागमा बदली, वर्षा र हावाहुरीको प्रभाव देखिएको छ ।

