आईतवार, असार १४,२०८३ 03:39:28
Bizshala
  • आईतवार, असार १४,२०८३ 03:39:28
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

कोशी र मधेशहित पहाडी क्षेत्रमा चट्याङसहित वर्षा र हिमपातको सम्भावना

Laxmi Sunrise Bank Limited
कोशी र मधेशहित पहाडी क्षेत्रमा चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौं । पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा पूर्वी भू-भाग नजिक विकसित न्यूनचापीय क्षेत्रको संयुक्त प्रभाव सक्रिय रहँदा देशभरको मौसम अस्थिर बनेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमसहित अधिकांश हिमाली र पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहेको छ भने तराई क्षेत्रमा पनि आकाश आंशिक रूपमा बादलिएको छ ।

New Office
CG Motors
Garima Development Bank

दिउँसो कोशी र मधेश प्रदेशसहित पहाडी तथा हिमाली भू-भागमा बदली बढ्ने अनुमान गरिएको छ ।

कोशी, गण्डकीलगायतका पहाडी क्षेत्रमा केही स्थानमा तथा मधेशका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

तराईका एक/दुई स्थानमा भने हल्का वर्षा हुन सक्ने देखिएको छ । राति पनि मौसम अस्थिर नै रहनेछ । 

कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्रमा थोरै स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना छ भने मधेशसहित अन्य क्षेत्रमा केही स्थानमा हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.