गौर प्रादेशिक अस्पतालमा वर्ल्डलिंकको फ्री वाइफाइ सेवा
काठमाण्डौ । रौतहटको सदरमुकाम स्थित गौर प्रादेशिक अस्पतालमा बिरामी, कुरुवा तथा स्वास्थ्यकर्मीहरूको सुविधालाई मध्यनजर गर्दै वर्ल्डलिंकले बुधबारदेखि निःशुल्क वाइफाइ सेवा उपलब्ध गराएको छ।अस्पतालको सेवालाई प्रविधिमैत्री बनाउने हिसाबले वर्ल्डलिंकले सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पतालको विभिन्न तल्लाहरुमा ईन्टरनेट जडान गरि सराहनीय कार्य गरेको हो।

