प्रत्येक वर्षको वैशाख ७ गते ‘राष्ट्रिय याक दिवस’मनाउने सरकारको निर्णय
काठमाण्डौ । सरकारले प्रत्येक वर्षको वैशाख ७ गतेलाई ‘राष्ट्रिय याक दिवस’ का रूपमा मनाउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले वैशाख ७ गतेलाई याक दिवसका रूपमा मनाउने निर्णय गरेको हो । याक तथा चौँरीको संरक्षण, सम्वद्र्धन एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा यसको प्रवद्र्धन गर्ने उद्देश्यले सरकारले राष्ट्रिय याक दिवस घोषणा गरेको हो ।