काठमाण्डौ । सरकारले प्रत्येक वर्षको वैशाख ७ गतेलाई ‘राष्ट्रिय याक दिवस’ का रूपमा मनाउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले वैशाख ७ गतेलाई याक दिवसका रूपमा मनाउने निर्णय गरेको हो ।
याक तथा चौँरीको संरक्षण, सम्वद्र्धन एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा यसको प्रवद्र्धन गर्ने उद्देश्यले सरकारले राष्ट्रिय याक दिवस घोषणा गरेको हो ।
यस सम्बन्धी तयार पारेको प्रस्ताव कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गत भदौ ३० गते स्वीकृत गरेका थिए ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ ले याकलाई संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ ।
नेपालको हिमाली क्षेत्रमा याक तथा चौँरी पालन गर्ने गरिन्छ ।