बुधबार, चैत्र २०,२०८१ 02:26:34
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 02:26:34
IME remit
Global IME Bank Limited

माउन्टेन इनर्जी नेपालले डाक्यो साधारण सभा, लाभांश पारित र हकप्रद निष्कासन मुख्य प्रस्ताव

Hyundai Nepal
माउन्टेन इनर्जी नेपालले डाक्यो साधारण सभा, लाभांश पारित र हकप्रद निष्कासन मुख्य प्रस्ताव
Nabil Bank Limited

काठमाण्डौ । माउन्टेन इनर्जी नेपाल लिमिटेडले आगामी पुस २८ गते ११ औं वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ । उक्त सभा काठमाण्डौको भाटभटेनीमा रहेको आम्रपाली ब्याङक्वेटमा बिहान १० बजेदेखि सुरु हुनेछ ।  

सभामा गत आवका लागि १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७८९५ प्रतिशत नगद लाभांश गरि कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । यस्तै, बोनस सेयर जारीपश्चात ५० प्रतिशत अर्थात १ः०.५० प्रतिशत हकप्रद निष्कासनको प्रस्ताव समेत पारित गरिनेछ ।  

Shivam Cement
Bizshala
CG Motors

यस्तै सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८१ असार मसान्तसम्मको वासलात तथा आव २०८०/८१ को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण सहितको वित्तीय विवरणहरु छलफल गरी पारित गर्ने र आव २०८१/८२ को लेखापरीक्षण कार्य गर्नको लागि लेखापरीक्षक नियुक्ति एवं निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।    

सभामा सञ्चालक समितिको निर्वाचन(एक महिला)गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस ११ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस १० गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.