बिहीबार, श्रावण २८,२०८३ 01:14:14
Bizshala
  • बिहीबार, श्रावण २८,२०८३ 01:14:14
Bizshala
Global IME Bank Limited

नेप्सेको सपोर्ट जोनमा बन्यो ‘डोजी स्टार’, के होला अब बजार ?

Prabhu Bank Limited
नेप्सेको सपोर्ट जोनमा बन्यो ‘डोजी स्टार’, के होला अब बजार ?
New Office

काठमाण्डौ । आज दिनभर सामान्य उतारचढाव भएको सेयर बजार अन्तिम समयमा झिनो अंकले बढेर बन्द भएको छ । प्राविधिक रुपमा आजको बजारलाई हेर्दा २ दिन लगातार घटेको नेप्सेको सपोर्ट जोनमा डोजी स्टार बनेको देखिन्छ ।  

सेयर तथा सूचकको सुरु र अन्तिम मूल्य एउटै भएर तल–माथि लामो धागो बनेको खण्डमा डोजी क्याण्डल बन्ने गर्छ । यसबाट बजारमा विस्तारै आपूर्ति कमजोर हुँदै गरेको तथ्यलाई संकेत गर्छ । यो भनेको अनिर्णयको क्याण्डल पनि हो ।  

माथिको लामो धागोले बिक्रीकर्ता बजारमा अझै रहेको बुझिन्छ भने तलको लामो धागोले खरिदकर्ता हाबी हुँदै गरेको बुझिन्छ । आगामी कारोबारमा यदि बजार आजको उच्च विन्दु २६५० भन्दा माथि लागेमा सम्भावित रुपमा अप ट्रेन्ड र आजको न्यून विन्दु २६११ भन्दा तल लागेमा बजारमा डाउन ट्रेण्ड लागेको मानिने छ  ।  

बजारलाई भोल्युममार्फत हेर्दा आज भोल्युम ड्राई भएको छ । यसले पनि आज बिक्रीकर्ता पछि हटेको बुझिन्छ । बजारलाई बोलिङ्गर ब्यान्डमार्फत हेर्दा तल्लो ब्याण्डमा डोजी स्टार बनेको देखिन्छ ।  

डेली बेसमा आरएसआई ४० को तहमा रहेको देखिन्छ । समग्रमा सबै इन्डिकेटरबाट नियाल्दा आज बजार बोलिङ्गरको तल्लो ब्याण्डमा सम्हालिन खोजेको देखिन्छ । तर यसको निश्चिताको लागि भने अझै एउटा कारोबार नियाल्नु पर्ने देखिन्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबरको लागि सिफारिस भने होइन ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.