काठमाण्डौ । बोटलर्स नेपाल लिमिटेडले साधारण सभा डाकेको छ । मंसिर ५ गते बसेको सञ्चालक समितिको बैठकले ४६ औं वार्षिक साधारण सभा डाकेको हो ।
उक्त सभा पुस २६ गते काठमाण्डौको लाजिम्पाटमा रहेको होटल र्याडिसनमा दिउँसो ४ बजेदेखि सुरु हुनेछ ।
सभामा गत असारसम्मको वासलात, आव २०८०/८१ को आय विवरण, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणसहितको लेखापरीक्षण भएको वित्तीय विवरण र लेखापरिक्षकको प्रतिवेदन स्वीकृत गर्ने, आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण गर्न लेखापरीक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक स्वीकृत गर्ने, आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्ने रप्रबन्ध सञ्चालकको पारिश्रमिक वृद्धि गर्ने प्रस्ताव पारित गरिनेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।