काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा)को वार्षिक साधारण सभा सम्पन्न भएको छ । पुस ४ गते काठमाण्डौको बबमहलमा रहेको कार्की ब्याङ्क्वेटमा साधारण सभा सम्पन्न भएको हो ।
बैंक सञ्चालक समितिका अध्यक्ष अनुज अग्रवालको अध्यक्षतामा आयोजना भएको उक्त सभामा सञ्चालक समितिका सदस्यहरु श्रीकृष्ण नेपाल, रत्न राजबज्राचार्य, लालमणी जोशी, लिमा अधिकारी आचार्य, प्रवीण सुवेदी र महेश प्रसाद दहालको उपस्थिती रहेको थियो ।
साथै, उक्त सभामा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीलगायत बैंकका उच्चतहका अधिकृतहरुको समेत उपस्थिती रहेको थियो ।
उक्त सभालाई सम्बोधन गर्दै बैंक सञ्चालक समितिका अध्यक्ष अनुज अग्रवालले बैंकले समिक्षा अवधिसम्म हासिल गरेका उपलब्धिहरु, चालु आवको लागि तय गरिएका योजना तथा लक्ष्यहरु एवं भावी रणनीति बारे सेयरधनीहरुलाई जानकारी गराएका थिए । उक्त सभाले बैंकको आव २०८०/८१ को वार्षिक प्रतिवेदन, वित्तीय विवरणलगायत सभा समक्ष प्रस्ताव गरिएका सम्पूर्ण एजेण्डाहरु सर्वसम्मतिले पारित गरेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।