काठमाण्डौ । गुड्विल फाइनान्स लिमीटेडका सेयरधनीको हात खालि हुने भएको छ ।
यो फाइनान्स कम्पनीको सञ्चालक समितिको पुस ४ गते साँझ ५ बजे बसेको सञ्चालक समितिको ४३२ औं बैठकले आर्थिक वर्ष २०८०/८१ का लागि सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
योसँगै गुड्विल फाइनान्सका लगानीकर्ताले यो वर्ष खालि हात नै बस्नुपर्ने अवस्था सिर्जना भएको छ ।
सञ्चालक समितिको बैठकले आगामी सम्पन्न हुने ३० औं वार्षिक साधारणसभामा वार्षिक वित्तीय विवरण स्वीकृतिका लागि लेखापरिक्षकको प्रतिवेदन र सो उपर जवाफ तथा सोका आधारमा तयार गरिएको वित्तीय विवरणहरु तथा आ.ब. २०८०/८१ मा लाभांश वितरण नगरिने गरी स्वीकृतिका लागि नेपाल राष्टबैंक समक्ष पठाउने निर्णय समेत गरेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।