शनिबार, श्रावण २३,२०८३ 02:21:58
Bizshala
  • शनिबार, श्रावण २३,२०८३ 02:21:58
Bizshala
Global IME Bank Limited

कलश स्टक मार्केट कारोबार रकममा पहिलो नम्बरमा

कलश स्टक मार्केट कारोबार रकममा पहिलो नम्बरमा
New Office

काठमाण्डौ । कलश स्टक मार्केट प्रालि(ब्रोकर नं ७४) ले पहिलोपटक शीर्ष कारोबार गर्ने कम्पनी बनेको छ । पुस ४ गते बिहिवार नेपाल स्टक एक्स्चेञ्ज लिमिटेडको कारोवार तथ्याङ्कअनुसार नेपालमा सञ्चालनमा रहेका धितोपत्र कारोवार गर्ने दलालहरु मध्ये कारोबार रकमको आधारमा प्रथमपटक शीर्ष स्थानमा रहेको हो ।  

उक्त दिन ब्रोकरले रु. ४५ करोड ९ लाखभन्दा बढी रकमको कारोबार गरेको कम्पनीका अध्यक्ष प्रदिप केसीले बताए ।  

नेपाल धितोपत्र बोर्डद्वारा इजाजत प्राप्त तथा नेपाल स्टक एक्स्चेञ्च लिमिटेडको धितोपत्र दलाल सदस्यताप्राप्त यस ब्रोकरले २०८० भदौ १० देखि औपचारिक कारोबार शुभारम्भ गरेको थियो । कम्पनीले हाल काठमाण्डौ मनपा १०, बुद्धनगर स्थित आफ्नो मुख्य कार्यालयबाट सेवा प्रदान गरिरहेको छ । 

कम्पनीले आफ्ना ग्राहकहरुलाई सर्वसुलभ र प्रविधिमैत्री रुपमा धितोपत्र ब्रोकरेज तथा निक्षेप सदस्य (डिपी) को सेवा प्रदान गरिरहेको प्रवन्ध सञ्चालक शालिकराम अधिकारीले बताए । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.