शनिबार, श्रावण २,२०८३ 03:53:13
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 03:53:13
Bizshala
Global IME Bank Limited

छिमेक लघुवित्तद्वारा साधारण सभा आह्वान

छिमेक लघुवित्तद्वारा साधारण सभा आह्वान
New Office

काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सभा आगामी पुस २९ गते आयोजना हुने भएको छ । पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले संस्थाको २३ औं साधारण सभा हटौडामा रहेको होटल सामना प्रालिमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।  

उक्त सभामा गत आवको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई प्रस्तावित ८ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद लाभांश(कर समेत)गरी कुल १५ प्रतिशत लाभाश वितरणको प्रस्ताव पारित गरिनेछ ।  

यस्तै एकभन्दा बढी उपयुक्त लघुवित्तलाई एक आपसमा गाभ्ने वा प्राप्तिका लागि उपयुक्त देखिएमा सो सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गरिनेछ ।  

सभामा अध्यक्षद्वारा प्रस्तुत गरिने गत आव २०८०/८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०८०/८१ को वासलात, नाफा नोक्सान हिसाव नगद प्रवाह विवरण र सोसँग सम्बन्धीत अनुसूचिहरु लगायतका वित्तीय विवरणहरु पारित गरिनुका साथै चालु आव २०८१/८२ को लेखा परीक्षणका लागि लेखा परीक्षक नियुक्ती गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने र २ जना सर्वसाधारण समूहका सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि संस्थाले पुस १६ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै संस्थाको लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.