बुधबार, चैत्र २०,२०८१ 01:56:15
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 01:56:15
IME remit
Global IME Bank Limited

लाभांश पारित गर्न कृषि विकास बैंकले डाक्यो एजीएम, बुक क्लोज कहिले ?

Hyundai Nepal
लाभांश पारित गर्न कृषि विकास बैंकले डाक्यो एजीएम, बुक क्लोज कहिले ?
Nabil Bank Limited

काठमाण्डौ । कृषि विकास बैंकको लाभांश आगामी पुस २९ गते आयोजना हुने बैंकको साधारण सभाबाट पारित हुने भएको छ । बैंकको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।  

बैंकको १८ औं साधारण सभा भक्तपुरको बोडेमा रहेको बैंकको केन्द्रीय तालिम प्रतिष्ठानमा बिहान ११ बजेदेखि सुरु हुनेछ । उक्त सभामा गत आवका लागि सेयरधनीहरुलाई घोषणा गरिएको ३ प्रतिशत बोनस सेयर र ७.५३ प्रतिशत नगद गरी कुल १०.५३ प्रतिशत लाभांशको प्रस्ताव पारित गरिनेछ ।

यस्तै सभाले नेपाल सरकारको हाल कायम भएको फिर्ता नहुने अग्राधिकार सेयर पूँजीमा समेत वार्षिक ६ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय अनुमोदन हुनेछ ।  

Shivam Cement
Bizshala
CG Motors

यसैगरी सभामा गत आवको वार्षिक प्रतिवेदनमाथ छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित गत आवको वासलात,नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका अनूसूचीहरु पारित गर्ने र चालु आवका लागि लेखापरीक्ष नियुक्ती गर्ने प्रस्ताव पारित गरिनेछ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

साधारण सभा तथा लाभँंश वितरण प्रयोजनका लागि बैंकले पुस १६ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुमात्रै लाभांश पाउन र सभामा सहभागी हुन सक्नेछन् ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.