काठमाण्डौ । आज नेप्स परिसूचक करिब २९ अंकले बढेर बन्द भएको छ । आज बजारमा ४ अर्ब ४३ करोड माथिको करोबार भएको छ । प्राविधिक रुपमा आजको बढाईले बुलिस मारुबुजु क्यान्डल बनेको संकेत गरेको छ । यसले बढ्दो बजारलाई संकेत गर्छ ।
बोलिङ्गर ब्यान्डमार्फत आजको बजारलाई हेर्दा तल्लो ब्यान्डमा सपोर्ट लिएको देखिन्छ । अघिल्लो कारोबारहरुमा बनेका दुईवटा क्यान्डललाई मिलाएर हेर्दा बजारमा तल्लो ब्यान्डमाथि ‘मर्निङ स्टार’ बनेको देखिन्छ ।
यदि पहिलो क्यान्डल रातो, दोस्रो क्यान्डल डोजी वा इन्भर्टेड ह्याम्मर र तेस्रो क्यान्डल बुलिस मारुबुुजु क्यान्डल बन्छ भने त्यसलाई मर्निङ स्टार क्यान्डल भनिन्छ । यसले बजार सम्भाबित रुपमा माथि जाने संकेत गर्छ ।
म्याक्डीमार्फत हेर्दा आज बजारमा केही समय पहिले बनेको वियरिस क्रसओभर भ्यालिड नै रहेको छ भने हिस्टोग्राम नकारात्मक नै छन् । तर आज हिस्टोग्राम केही फिक्का र छोटो बनेको छ ।
आरएसआईमार्फत हेर्दा ओभर सोल्ड जोन ३३ को तहबाट फर्केर ४० को विन्दुमा पुगेको छ ।
पिभटमार्फत हेर्दा बजारले अबको प्रतिरोध क्रमशः २६२४, २६५६ र २७१६ विन्दुमा लिन सक्छ । त्यसैगरि घटेमा भने क्रमशः २५६५, २५३३ र २४७५ विन्दुमा सपोर्ट लिनेछ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।