Bizshala
  • बुधबार, बैशाख ९,२०८३ 02:35:43
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

लघुवित्त संस्थाहरुको नाफा ४६% ले घट्यो, १३ संस्था घाटामा, इपीएस कुनको कति ?

Bizshala
लघुवित्त संस्थाहरुको नाफा ४६% ले घट्यो, १३ संस्था घाटामा, इपीएस कुनको कति ?
Shivam Cement

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत ५३ लघुवित्त संस्थाहरुले चालु आर्थिक वर्षको ६ महिनासम्ममा कुल १ अर्ब ७० करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।  

समीक्षा अवधिसम्म अधिकांश लघुवित्त संस्थाहरुको नाफामा संकुचन देखिएको छ । गत वर्षको यसै अवधिसम्ममा लघुवित्त संस्थाहरुले कुल ३ अर्ब २० करोड ६८ लाख रुपैयाँ नाफा कमाएका थिए । गत आवको तुलनामा लघुवित्त संस्थाहरुको मुनाफामा ४६.८० प्रतिशतले गिरावट आएको छ ।  

चालु आवको ६ महिनासम्ममा ४० वटा लघुवित्त संस्था नाफामा छन् भने १३ संस्था घाटामा छन् । सो मध्येपनि १० वटा संस्थाले मात्रै गत आवको तुलनामा नाफा वृद्धि गर्न सफल भएका छन् । बाँकी ३० संस्थाको मुनाफा गत आवको तुलनामा घट्न पुगेको छ ।  

६ महिनासम्ममा सबैभन्दा बढी नाफा आर्जन गर्नेमा साना किसान लघुवित्त रहेको छ । संस्थाले ४४ करोड २४ लाख रुपैयाँ नाफा कमाई बढी मुनाफा कमाउने संस्था बन्न सफल भएको छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

त्यस्तै, दोस्रोमा छिमेक लघुवित्तले ४३ करोड ६२ लाख मुनाफा कमाउँदा जीवन विकास लघुवित्तले १७ करोड ७७ लाख रुपैयाँ नाफा कमाएर तेस्रो स्थान कायम गरेको छ ।  

यता डिप्रोक्स लघुवित्तले १२ करोड १३ लाख, नेशनल लघुवित्तले १० करोड ४१ लाख, ग्रामिण विकास लघुवित्तले ९ करोड ६९ लाख, फर्स्ट माइक्रोफाइनान्सले ८ करोड ४९ लाख र आरएसडीसी लघुवित्तले ६ करोड ६९ लाख रुपैयाँ नाफा कमाएको छ ।  

नाफा बढाउने १० संस्था  

गत आवको तुलनामा १० लघुवित्त संस्थाले मात्रै नाफा वृद्धि गरेको छ । सबैभन्दा बढी गुराँस लघुवित्तले ३०२८ प्रतिशतले नाफा बढाएर ७७ लाख २८ हजार रुपैयाँ नाफा कमाएको छ । गत आवको यसै अवधिसम्म संस्थाले जम्मा २ लाख ४७ हजार रुपैयाँ मात्रै नाफा कमाएको थियो ।  

त्यस्तै, जनउत्थान सामुदायिक लुघवित्तले पनि ३५२ प्रतिशतले नाफा बढाउन सफल भएको छ । यता सर्पोट माइक्रोफाइनान्सले २४६.९३ प्रतिशत, युनिक नेपाल लघुवित्तले ११८.८२ प्रतिशत, विजय लघुवित्तले ९३.०८ प्रतिशत, साधना लघुवित्तले १५.४० प्रतिशत, फर्स्ट माइक्रोफाइनान्सले ५.२१ प्रतिशत र साना किसान विकास लघुवित्तले १.७३ प्रतिशतले नाफा बढाएका छन् ।  

त्यस्तै, गत आवमा घाटामा रहेका ग्रामिण विकास लघुवित्तले यस आवको ६ महिनामा ९ करोड ६९ लाख रुपैयाँ र लक्ष्मी लघुवित्तले २ करोड १५ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।  

ईपीएसमा आत्मनिर्भर लघुवित्त अगाडी  

चालु आर्थिक वर्षको ६ महिनासम्ममा सबैभन्दा बढी प्रतिसेयर आम्दानी (ईपीएस) आत्मनिर्भर लघुवित्तको रहेको छ । संस्थाको ईपीएस ३०.८२ रुपैयाँ छ ।  

त्यस्तै, दोस्रोमा छिमेक लघुवित्तको २९.३० रुपैयाँ, जीवन विकास लघुवित्तको २६.३८ रुपैयाँ, महिला लघुवित्तको २४.४५ रुपैयाँ, साना किसान लघुवित्तको २३.२५ प्रतिशत, नेष्डो समृद्ध लघुवित्तको २२.३५ रुपैयाँ, युनिक नेपाल लघुवित्तको २२.२६ रुपैयाँ, ग्रामिण विकास लघुवित्तको १९.७२ रुपैयाँ, नेशनल लघुवित्तको १९.२२ प्रतिशत र सर्पोट लघुवित्तको १८.१५ रुपैयाँ रहेको छ ।  

श्रृजनशील लघुवित्तको खराब कर्जा चुलिँदै  

दोस्रो त्रैमाससम्म अधिकांश लघुवित्त संस्थाको खराब कर्जा सीमाबाहिर छ । संस्थाहरुको खराब कर्जा बढ्दा नाफामा संकुचन देखिएको हो । सबैभन्दा बढी श्रृजनशील लघुवित्तको खराब कर्जा (एनपीएल) १८.१४ प्रतिशत छ ।  

त्यस्तै, आत्मनिर्भर लघुवित्तको १५ प्रतिशत, एनआईसी एशिया लघुवित्तको १३.७६ प्रतिशत, मनकामना स्मार्ट लघुवित्तको १३.४५ प्रतिशत, नेष्डो समृद्ध लघुवित्तको ११.९७ प्रतिशत, निर्धन उत्थान लघुवित्तको ११.७० प्रतिशत, स्वाबलम्बन लघुवित्तको ११.३६ प्रतिशत र डिप्रोक्स लघुवित्तको १०.४१ प्रतिशत पुगेको छ ।

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.