Bizshala
  • बिहीबार, पुष २४,२०८२ 05:36:25
Bizshala
Global IME Bank Limited

नेप्सेमा यी ४ कम्पनीको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

Hyundai Nepal
नेप्सेमा यी ४ कम्पनीको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?
Shivam Cement

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत ४ वटा कम्पनीको सेयरमूल्य समायोजन भएको छ । यी कम्पनीले आफ्ना सेयरधनीहरुलाई प्रस्ताव गरेको बोनस सेयरका लागि नेप्सेले सेयरमूल्य समायोजन गरेको हो ।  

नेप्सेमा कुथेली बुखरी स्मल हाइड्रो, आरएसडिसी लघुवित्त,माउन्टेन इनर्जी,र मिथिला लघुवित्तको सेयरमूल्य समायोजन भएको हो ।  

CG Motors
Bizshala
Garima Development Bank

कुथेली बुखरी स्मल हाइड्रोपावरले प्रस्ताव गरेको १० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको छ। समायोजनपश्चात  कम्पनीको सेयरमूल्य प्रतिकित्ता २ हजार ४६२.७३ रुपैयाँ कायम भएको छ ।  

समायोजन अघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता २ हजार ७०९ रुपैयाँ कायम थियो ।  

त्यस्तै आरएसडिसी लघुवित्तको ९.५० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको छ । समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ६७३.०६ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ७३७ रुपैयाँ कायम थियो । 

New Office
Laxmi Sunrise Bank Limited
IME remit

माउन्टेन इनर्जी नेपालको १५ प्रतिशत र मिथिला लघुवित्तको १४.२५ प्रतिशत बोनस सेयरका लागि क्रमशः६३३.२२ रुपैयाँ र १ हजार ५०७.२२ रुपैयाँ कायम भएको छ ।    

आगामी कारोबारदेखि नयाँ समायोजित मूल्य अनुसार यी  कम्पनीको सेयरमूल्य कारोबारमा आउनेछ । 

Bizshala
Muktinath Bikas Bank Limited
IME remit
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.