शुक्रबार, श्रावण २२,२०८३ 11:10:13
Bizshala
  • शुक्रबार, श्रावण २२,२०८३ 11:10:13
Bizshala
Global IME Bank Limited

यी ४ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

यी ४ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
New Office

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत ४ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । आज सिद्धार्थ बैंक, हाईड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड(एचआईडीसीएल), सर्वोत्तम सिमेन्ट, र ग्रीन भेन्चर्स लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो ।  

सिद्धार्थ बैंक र ग्रीन भेन्चर्सले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि पुस १४ गते र एचआईडीसीएल र सर्वोत्तम सिमेन्टले पुस १२ गते बुक क्लोज गर्दैछन् । यसर्थ आजसम्म  नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै यी कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।  

पुस १२ गते शुक्रबार र १३ गते शनिबार सेयर कारोबार हुनेछैन ।  

सिद्धार्थ बैंकले गत आवको वितरणयोग्य मुनाफाबाट ४ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि समेत) प्रदान गर्ने निर्णय गरेको छ ।  बैंकले पुस २८ गते साधारण सभा आयोजना गर्दैछ । सोही सभाबाट प्रस्तावित लाभांश पारित हुनेछ ।  

एचआईडीसीएलले पनि गत आवका लागि ५.२५ प्रतिशत नगद लाभांशको घोषणा गरेको छ । यो लाभांश पुस २४ गते आयोजना हुने कम्पनीको १३ औं साधारण सभाबाट पारित गरी वितरण गरिनेछ ।  

सर्वोत्तम सिमेन्टले गत आवका लागि सेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको ७ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश(कर समेत)गरी कुल १० प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ । कम्पनीको पुस २६ गते रुपेन्देहीमा रहेको होटल भिलासामा बिहान ११ बजेदेखि सभा आयोजना हुने साधारण सभाले उक्त लाभांश अनुमोदन गर्नेछ ।  

यस्तै ग्रीन भेन्चर्सले पनि १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको छ । कम्पनीले लाभांश पारित गर्न पुस २८ गते साधारण सभा आयोजना गर्दैछ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.