काठमाण्डौ । गत आर्थिक वर्षका लागि बोनस सेयर घोषणा गरेका दुई कम्पनीको सेयरमूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा ग्रीन भेन्चर्स लिमिटेड र सर्वोत्तम सिमेन्टको सेयरमूल्य समायोजन भएको हो ।
समायोजनपश्चात ग्रीन भेन्चर्सको सेयरमूल्य प्रतिकित्ता ५१०.४५ रुपैयाँ कायम भएको छ । कम्पनीको अन्तिम कारोबार मूल्य ५६१.५० रुपैयाँ कायम थियो ।
त्यस्तै, सर्वोत्तम सिमन्टको सेयरमूल्य प्रतिकित्ता ७१४.६७ रुपैयाँ कायम भएको छ । समायोजन हुनुअघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ७६४.७० रुपैयाँ थियो ।
ग्रीन भेन्चर्सले ले गत आवका लागि घोषणा गरेको १० प्रतिशत बोनस सेयर र share price adसर्वोत्तम सिमेन्टले घोषणा गरेको ७ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।
अब आइतबारको कारोबार देखि नयाँ समायोजित मूल्यअनुसार यी दुवै कम्पनीको सेयर कारोबारमा आउनेछन् ।